ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा बाघ आक्रमणको त्रास, सतर्कता अपनाउन प्रशासनको आग्रह

कञ्चनपुरमा बाघ आक्रमणको त्रास, सतर्कता अपनाउन प्रशासनको आग्रह

नेपालखबर
साउन १७, २०८१ बिहिबार १३:५३, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा महिलालाई आक्रमणपछि भागेको ह्रिंसक बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्थानीय प्रशासनले एक सूचना जारी गर्दै बाघबाट स्थानीयहरुलाई आक्रमण हुन सक्ने सम्भावना भएकाले पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ।

बाघको आक्रमणको भय थप हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर स्थानीयको सुरक्षार्थ सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा तैनाथ छ।

बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली घटनास्थलमा आइरहेको जनाएको छ। 

दोधारा चाँदनी नगरपालिका–२ मा बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्। 

बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २६ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो।

आक्रमणपछि बाघले महिलालाई घिसारेर नजिकैको उखुबारीमा लगेको थियो। महिलाको शव अहिले पोष्टमार्टमका लागि लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .