कञ्चनपुरमा भीषण वर्षा भइरहेकाले बाढी र डुबानको जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका दोधारामा ५८८, सुन्दरपुरमा ४०९ र हनमाननगरमा ५५८ मिलिमिटर वर्षा भएको छ।
सचेत गराउँदै विभागले अगाडि भनेको छ- बाढी र डुबानको जोखिममा रहनुहुनेहरूका लागि सुरक्षित रहन हिजो राति एसएमएस पठाइएको, वर्षा थप हुने देखिएकाले डुबान भइरहने स्थानमा रहनेहरू दिउँसोसम्म सुरक्षित रहौँ।
असार २४बिहान ७बजे
यस्तै कैलालीको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (३ मि) पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
असार २४, बिहान ७:३० बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 8, 2024
कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (३ मि) पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरु आज साँझ सम्म उच्च सतर्कता अपनाऔं। pic.twitter.com/gSrKdiv5p7
Shares

प्रतिक्रिया