कञ्चनपुरमा भीषण वर्षा भइरहेकाले बाढी र डुबानको जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका दोधारामा ५८८, सुन्दरपुरमा ४०९ र हनमाननगरमा ५५८ मिलिमिटर वर्षा भएको छ।
सचेत गराउँदै विभागले अगाडि भनेको छ- बाढी र डुबानको जोखिममा रहनुहुनेहरूका लागि सुरक्षित रहन हिजो राति एसएमएस पठाइएको, वर्षा थप हुने देखिएकाले डुबान भइरहने स्थानमा रहनेहरू दिउँसोसम्म सुरक्षित रहौँ।
पछिल्लो २४घण्टामा कञ्चनपुरको #दोधारा ५८८, #सुन्दरपुर-४०९ र #हनमाननगर ५५८ मि.मि. बर्षा भएको। बाढी र डुवानको जोखिममा रहनुहुनेहरूको लागि सुरक्षित रहन हिजो राति SMS पठाईएको,बर्षा थप हुने देखिएकाले डुवान भईरहने स्थानमा रहनेहरू दिउँसो सम्म सुरक्षित रहौ@NDRRMA_Nepal pic.twitter.com/cH6DmC0BOE— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 8, 2024असार २४बिहान ७बजे
यस्तै कैलालीको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (३ मि) पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
असार २४, बिहान ७:३० बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 8, 2024
कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (३ मि) पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरु आज साँझ सम्म उच्च सतर्कता अपनाऔं। pic.twitter.com/gSrKdiv5p7
Shares
प्रतिक्रिया