ad ad

सुदूरपश्चिम


बाजुरा एमालेमा मतगणना सुरू, प्रारम्भिक नतिजामा कर्ण थापा पक्ष कमजोर

बाजुरा एमालेमा मतगणना सुरू, प्रारम्भिक नतिजामा कर्ण थापा पक्ष कमजोर

कर्णबहादुर थापा र लालबहादुर थापा


नेपालखबर
जेठ ६, २०८१ आइतबार १७:३२, काठमाडौँ

नेकपा एमाले बाजुराको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरू भएको छ।

प्रारम्भिक गणनामा स्थायी समिति सदस्य कर्ण थापाले अघि सारेका अध्यक्षका उम्मेदवार भरत थापा कमजोर देखिएका छन्। 

केन्द्रीय सदस्य लालबहादुर थापानिकट अध्यक्षका उम्मेदवार लालबहादुर ओलीले अग्रता लिएका छन्।

साढे ५ बजेसम्मको गणनामा ओलीले ५३ मत ल्याउँदा थापाले ४४ मत पाएका छन्। तर, यो प्रारम्भिक नतिजा मात्रै हो। पहिलो १०० मत गन्दा अन्य पदमा पनि कर्ण पक्षका उम्मेदवार कमजोर देखिएका छन्।

एमाले बाजुराको ८ औँ जिल्ला अधिवेशनका लागि ४३९ प्रतिनिधि छन्। १ जेठमा उद्घाटन भएको अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयनको प्रयास सफल नभएपछि चुनाव भएको हो। 

केन्द्रमा ओली समूहमै रहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाबीच बाजुरामा शक्तिसंघर्ष चल्दै आएको छ। 

भरत थापाको प्यानलबाट उपाध्यक्षमा मेघराज शाही, सचिवमा जनक विष्ट र उपसचिवमा मानबहादुर रोकाया र कल्पना महत उम्मेदवार छन्। यस्तै, लालबहादुर ओली प्यानलबाट उपाध्यक्षमा जनकबहादुर बोहरा, सचिवमा काशी विक र उपसचिवमा हरीबहादुर रोकाया र राजकला सार्की छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .