सुदूरपश्चिम


कञ्चनपुरमा छिमेकीको सेप्टिक ट्यांकीमा खसेर डेढ वर्षीय बालकको मृत्यु

कञ्चनपुरमा छिमेकीको सेप्टिक ट्यांकीमा खसेर डेढ वर्षीय बालकको मृत्यु

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १०:४४, कञ्चनपुर

कञ्चनपुरमा सोमबार बेलुका सेप्टिक ट्यांकीमा खसेर बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  कृष्णपुर नगरपालिका-३ चित्रपुरका  शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो।

सोही ठाउँका रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा उनी खसेका थिए।  

अचेत अवस्थामा फेला परेका उनलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो।

त्यहाँ जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .