ad ad

सुदूरपश्चिम


मध्यराति छिमेकीको घरमा पसेका युवकको कुटपिटबाट मृत्यु, ५ जना पक्राउ

मध्यराति छिमेकीको घरमा पसेका युवकको कुटपिटबाट मृत्यु, ५ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८० सोमबार १४:११, कञ्चनपुर

कैलालीको धनगढीमा कुटपिटबाट एकजना युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कुटपिटबाट धनगढी उपमहानगरपालिका–८  धनगढी गाउँका ३५ वर्षीय महेश रानाको मृत्यु भएको हो।

घरको कोठामा बेहोस भेटिएका रानाको उद्दार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

‘अस्पतालमा मृत्यु भएपछि सोमबार बिहान घटनाबारे हामीलाई खबर आएको थियो। प्रारम्भिक रुपमा बुझ्दा कुटपिट भएको खुलेको छ’, डीएसपी कुलदीप चन्दले भने, ‘कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएका छौँ।’

आइतबार मध्यराति ३५ वर्षीय महेश राना स्थानीय छिमेकी मिनबहादुर चौधरीको घरमा पसेका थिए। त्यसपछि रानामाथि कुटपिट भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मीनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुईजना गरेर ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .