ad ad

सुदूरपश्चिम


द्वन्द्वग्रस्त इजरायलबाट सकुशल स्वदेश आइपुग्दाको खुसी

दोस्रो चरणमा उद्धार गरिएका १८ नेपालीमध्ये ७ जना आइपुगे गड्डाचौकी
द्वन्द्वग्रस्त इजरायलबाट सकुशल स्वदेश आइपुग्दाको खुसी

गोकुल जोशी
कात्तिक १, २०८० बुधबार १०:५९, कञ्चनपुर

द्वन्द्वग्रस्त इजरायलबाट उद्धार गरिएका ७ जना नेपालीले पश्चिम सीमानाका गड्डाचौकी भएर स्वदेशमा पाइला टेकेका छन्।

सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ जनामध्ये ७ जना बुधबार बिहान गड्डाचौकी पुगेका हुन्। भारत सरकारले आफ्ना नागरिकसँगै १८  नेपालीलाई पनि विमानमार्फत दिल्ली ल्याइदिएको हो।

दिल्ली ओर्लिएका उनीहरू आफ्नो गन्तव्यमा लागेका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले गड्डाचौकी भएर स्वदेश पुगेका ७ जनालाई गन्तव्यमा पुर्‍याउने तयारी भइरहेको छ।

१८ जनामध्ये कोही प्लेनमा घरतिर गएछन्, कोहीले भारतमै परिवारका सदस्यसँग भेटेका छन्, उनले भने, ७ जना गाडीमार्फत महेन्द्रनगर पुगेका छन्, उहाँहरुलाई घरसम्म पुर्‍याउने तयारी गर्दै छौँ।

उनका अनुसार कैलालीको टिकापुरका नन्दसिंह भुल, काठमाडौँका राजकुमार मानन्धर , ममता थापा, दिलकुमारी अधिकारी कार्की, श्रीता गुरुङ, लक्षमण दुलाल र मोरङका निश्चल श्रेष्ठ गड्डाचौकी नाका भएर महेन्द्रनगर पुगेका हुन्।

काठमाडौँका मानिसलाई प्लेनमार्फत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा-८ की स्रीता गुरुङले बताइन्। उनी १४ वर्षदेखि इजरायलमा बस्थिन्। 

अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन, सानो सानो भइरहेको हुन्थ्यो, उनले भनिन्, घटनापछि डर लाग्यो, सुरक्षित महसुस गर्न सकिएन, त्यसैले स्वदेश फर्कियौं, निकै खुसी लागेको छ।

पहिलो चरणमा सरकारले नेपाल वायु सेवा निगमको जहाजमार्फत इजरायलबाट २५४ नेपाली ल्याइसकेको छ। १० नेपाली विद्यार्थी भने हमासको आक्रमणमा परी इजरायलको माटोमा बिलाए। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .