ad ad

सुदूरपश्चिम


उखुबारीमा एक वर्षीया छोरीलाई बाँधेर भागेकी आमा समातिइन्

उखुबारीमा एक वर्षीया छोरीलाई बाँधेर भागेकी आमा समातिइन्

नेपालखबर
असोज ६, २०८० शनिबार १७:५०, कञ्चनपुर

एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भागेका कञ्चनपुरकी एक महिला पक्राउ परेकी छन्।

पुनर्वास नगरपालिका–२ अमरैयाकी २५ वर्षीय सर्मिलालाई शनिबार प्रहरीले बेलडाँडी गाउँपालिका– ३ वैवाहबाट नियन्त्रणमा लिएको हो। 

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर महिलालाई ईलाका प्रहरी कार्यालय बेलौरी लगिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए। 

बिहीबार बेलुका बेलौरी नगरपालिका–७ सिंहपुुरस्थित उखुबारीभित्र हात बाँधेर एक वर्षीया छोरीलाई छोडी ती महिला भागेकी थिइन्। माइती घरमा बस्दै आएकी उनी घर जान्छु’ भन्दै निस्किएकी थिइन्।

अर्को दिन स्थानीयले बालिकालाई उखुबारीभित्र रोइरहेको अवस्थामा फेला पारेका थिए। स्थानीय र प्रहरीले उद्धार गरेर ती बालिकालाई मावलीतर्फको हजुर आमाको जिम्मा लगाइएको थियो।

नाबालिकालाई उखुबारीमा छोड्ने महिलाको प्रहरीले खोजी गरेको थियो। छोरीलाई उखुबारीमा बाँधेर सम्पर्कविहिन ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनु्सन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .