कञ्चनपुरमा लागुऔषध खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रबाट बेदकोट नगरपालिका–२ का २२ वर्षीय अमित खत्री पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनको साथबाट शुक्रबार दिउँसो १९ ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको थियो।
वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा ती युवकको साथमा खैरो हेरोईन भेटिएको थियो।
खत्रीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
33
Shares
प्रतिक्रिया