ad ad

सुदूरपश्चिम


अप्रेसनको डरले अस्पतालबाट निस्किइन्, सडकमै शिशु जन्माइन्

अप्रेसनको डरले अस्पतालबाट निस्किइन्, सडकमै शिशु जन्माइन्

नेपालखबर
भदौ ११, २०८० सोमबार १७:५०, कञ्चनपुर

बाजुराको छेडेदह गाउँपालिका–१ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्।

बूढीगंगा नगरपालिका–१ स्थित पानीभुवाको सडकमा उज्जलीले शिशुलाई जन्म दिएकी हुन्।

बूढीगंगा नगरपालिका–१० का वडाध्यक्ष डेभिड क्षेत्रीका अनुसार गर्भवती महिला सुनार उपचारका लागि अछामको बयलपाटा अस्पताल पुगेकी थिइन्।

त्यहाँ चिकित्सकले जाँच गर्दा बच्चा पाउने अवधि दुई साता नाघिसकेको बताए। उनीहरुले सुनारलाई तत्काल शल्यक्रिया (अप्रेसन) गरेर डेलिभरी गर्नु पर्ने सुझाए।

शल्यक्रियाको डरले दिल्ली जान्छु भन्दै घर फर्किने क्रममा सुनार बूढीगंगा नगरपालिका–१० स्थित पानीभुवाको सडकमा व्यथा लागेर ढलेको वडाध्यक्ष क्षेत्रीले बताए।

स्वास्थ्य कार्यालय जाँदा स्वास्थ्यकर्मी सिर्जना सार्कीले उनलाई व्यथाले च्यापेर बाटोमा ढलेको देखिन्। सिर्जनाले सुनारलाई सघाइन्। र, उज्जलीले बच्चालाई जन्म दिइन्।

सुत्केरी महिलालाई नवजात शिशु लगेर घर जान समस्या रहेकोले त्यसमा सहयोग गरिदिन वडाध्यक्ष क्षेत्रीले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .