कैलालीको मोहना नदीको बाढीले नेपाल–भारत सीमा स्तम्भ बगाएको छ।
धनगढी उपमहानगरपालिका–९ भैंसीघाटस्थित रहेको नेपाल र भारत सीमा छुट्याउने सीमा स्तम्भ बाढीले बगाएको हो।
अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
अविरल वर्षापछि कैलालीका नदीनालामा पानीको बहाब बढेको छ। ठाउँ ठाउँमा नदीले डुबान र कटानको समस्या निम्त्याएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीका अनुसार अहिलेसम्म करिब २ सय भन्दा बढी घर डुबानमा परेकोका छन्।
33
Shares
प्रतिक्रिया