ad ad

सुदूरपश्चिम


कैलालीमा ट्याक्टरले ठक्कर दिँदा एक प्रहरीको मृत्यु, अर्का गम्भीर घाइते

कार्यालय फर्किनै पाएनन् कठायत, श्रीमती भेट्न गएका दाउका पुगे अस्पताल
कैलालीमा ट्याक्टरले ठक्कर दिँदा एक प्रहरीको मृत्यु, अर्का गम्भीर घाइते

दुर्घटनामा परेको मोटरसाइकल।


नेपालखबर
साउन १५, २०८० सोमबार ८:४०, कञ्चनपुर

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। अर्का गम्भीर घाइते भएका छन्। 

हिजो (आइतबार) बेलुका जिल्लाको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका कपिल कठायतको राति मृत्यु भएको हो।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुलदीप चन्दले जानकारी दिए। 

कठायत कञ्चनपुरको वाणीस्थित प्रहरीको विशेष सुुरक्षा गणमा प्रहरी जवान पदमा कार्यरत थिए।

दुर्घटनामा मोटरसाइकलमै सवार अर्का प्रहरी जवान घाइते भएका छन्। प्रहरी जवान हेमराज दाउका गम्भीर घाइते भएका हुन्। उनको माया मेट्रो अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ आइरहेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते दाउका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन्। वाणीस्थित विशेष सुरक्षामा कार्यरत श्रीमतीलाई भेट्न त्यही गणमै कार्यरत प्रहरी जवान कठायतसँगै उनी आइरहेका थिए। 

कार्यालय फर्किरहेका कठायत बाटोमै दुर्घटनामा परेका हुन्। श्रीमती भेट्न गएका अर्का प्रहरी जवान दाउका अस्पतालको शय्यामा पुगेका छन्। 

ट्याक्टर चालक फरार छन्। प्रहरीका अनुसार ट्याक्टर धनीलाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .