सुदूरपश्चिम


सुदूरपश्चिमका कानुनमन्त्री सिंहको शव धनगढी ल्याइयो

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको शव धनगढी ल्याइयो

नेपालखबर
असार ६, २०८० बुधबार ९:०, कञ्चनपुर

बझाङमा गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शव कैलालीको धनगढी ल्याइएको छ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएका मन्त्री सिंहको शव मंगलबार राति धनगढी ल्याइएको हो।

अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। सेती प्रादेशिक अस्पतालदेखि धनगढी कबडहलसम्म श्रद्धाञ्जली यात्रा निकालिनेछ। कबड हलमा मन्त्री सिंहको पार्थिव शरिरमा राखिनेछ।

श्रद्धासुगन प्रकट गर्न श्रद्धाञ्जली सभाको पनि आयोजना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार मन्त्री सिंहको शव गएराति धनगढी पुर्‍याइएको हो। पारिवारिक स्रोतका अनुसार मन्त्री सिंहको अन्त्यष्टिका लागि शव बझाङ लगिने छ। 

मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad