ad ad

सुदूरपश्चिम


मन्त्री सिंहको शोकमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा

मन्त्री सिंहको शोकमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा

नेपालखबर
असार ६, २०८० बुधबार ८:२२, कञ्चनपुर

सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सुदूरपश्चिम प्रदेश सरकारले शोक बिदा दिएको छ। 

शोकमा प्रदेशभर सरकारी कार्यालयमा रहेका राष्ट्रिय झण्डा आधा झुकाइने सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले जानकारी दिए।

दुर्घटनापछि मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो। 

मंगलबार दिउँसो डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकामा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो।

सोही दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको पनि निधन भएको थियो। गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ। 

घाइते मन्त्री सिंहसहित पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई हेलिकोप्टरमार्फत कोहलपुर लगिएको थियो। पिएसओ र चालकको कोहलपुरलमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .