सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम पारित

नेपालखबर
जेठ ३०, २०८० मंगलबार २१:१७, काठमाडौँ

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

 नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गर्नुहुँदा बहुमतले पारित भएको हो। 

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रदेश बनाउने सवालमा सबैसँग हातेमालो गरी अगाडि बढ्न सरकार तयार रहेको बताए।

उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जालाई प्राथमिकतामा राखेर सोही बमोजिमको वार्षिक बजेट तुर्जमा भइरहेको जानकारी दिए।

उनले विगतको सरकारले ल्याएका कतिपय असल अभ्यास एवं कार्यक्रमलाई सरकारले आफ्नो नीति कार्यक्रममा समावेश गरेको बताए।

बैठकको प्रारम्भमा नीति कार्यक्रममाथि भएको छलफलमा प्रदेशसभा सदस्य जानकीदेवी कुँवर, जानकीदेवी ऐर बम, टीका थापा, देवानसिंह विष्ट, हिरा सार्की, बेलबहादुर रानामगर, गीताकुमारी चौधरीले भाग लिनुभएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad