राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा जुत्ताको माला लगाएको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ परेका छन्। बिहीबा प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिरमा जुता हानेको र माला झुण्याएको आरोपमा प्रहरीले राप्रपाका दुई जना कार्यकर्तालाई समातेको हो।
राप्रपा कञ्चनपुर जिल्ला समिती सदस्य जयकिसन बोहरा र भीमदत्त नगर सचिव किसन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई घरबाट प्रहरीले गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पु¥याएको हो।
जेठ १५ गणतन्त्र दिवसको दिन राप्रपाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका क्रममा महेन्द्रनगरको भानुचोकमा राप्रपाका केही कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएका थिए।
ती तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी गरेको थियो।
राप्रका दुई कार्यकर्तालाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।
Shares
प्रतिक्रिया