ad ad

सुदूरपश्चिम


खप्तड चिनाउन आध्यात्मिक सम्मेलन : प्रधानमन्त्रीले उद्घाटन गर्ने, रामदेवले प्रवचन

खप्तड चिनाउन आध्यात्मिक सम्मेलन : प्रधानमन्त्रीले उद्घाटन गर्ने, रामदेवले प्रवचन

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १५:५०, कञ्चनपुर

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना गरिने भएको छ।

खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा २३ जेठदेखि तीन दिनसम्म आध्यात्मिक सम्मेलन आयोजना गरिन लागेको हो।

भू–स्वर्गका रुपमा चिनिने खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर यस क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले सम्मेलनको तयारी अघि बढेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम तय भएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम पनि तय भएको छ। अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको उनले बताए।

प्रधानमन्त्री दाहालले सम्मेलन उद्घाटन गरेपछि योगी रामदेवले ध्यान गराउनुका साथै प्रवचन दिने कार्यक्रम रहेको छ।

सम्मेलनमा योग अभ्यास पनि गराइने व्यवस्थापन समितिले जनाएको छ। उक्त सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारकामन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सयजनालाई सहभागी गराउने आयोजकको तयारी छ।

खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षलगायत विषयमा केही कार्यपत्र प्रस्तुत गर्ने तयारी पनि भइरहेको छ।

सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्याउन मद्दत पुग्ने कार्यकारी निर्देशक खड्काले बताए। भारतीय पर्यटक मात्र खप्तड भित्र्याउन सके पर्यटनमार्फत सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .