ad ad

सुदूरपश्चिम


शुक्लाफाँटा आरक्ष पीडितका समस्या संसदमा उठाइदिन आग्रह

शुक्लाफाँटा आरक्ष पीडितका समस्या संसदमा उठाइदिन आग्रह

नेपालखबर
जेठ ४, २०८० बिहिबार १८:२५, काठमाडौँ

कञ्चनपुरका आरक्ष पीडितले सांसदहरुसँग भेट गरेका छन्। बिहीबार संसद भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरु भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएको हो।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन। राज्यले ३० वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।

राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधबार काठमाडौं आएको थियो।

टोलीले बिहीबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद एवं प्रमुख सचेतक रमेश लेखक, एमाले सांसद तारालामा तामाङसँग भेट गरेको छ। सचिव प्रेमदत्त भट्टकाअनुसार उनीहरुले समस्या समाधानका लागि सदनमा आवाज उठाउने र सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सांसद लेखकले एक दुई दिनमा वनमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरु विकल्प नभएको बताए। कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पु¥याउन आफू तयार रहेको उनको भनाइ थियो।

पीडितहरुले माओवादी सांसद माधव सापकोटासँग भेट गरेका छन्। सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव भट्टले जानकारी दिए।

पीडितहरुले अब आयोग बनाउनेभन्दा पनि समस्या समाधान गरेर सदाका लागि टुंग्याउन माग गरेका थिए। अध्यक्ष चन्दले पीडितले जग्गा नै चाहेको र प्रतिपरिवार १० कट्टा जग्गा दिनुपर्ने अघिल्लो आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरे।

जग्गा दिन नसके प्रतिपरिवार ६० लाख दिने सिफारिस गरिएको र त्यसलाई कार्यान्वयनमा लानुपर्ने उनीहरुले माग राखेका थिए।

पीडितहरुले शुक्रबार परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ का सांसद एनपी साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, एमाले सचेतक महेश बर्तौला, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग भेट्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .