ad ad

सुदूरपश्चिम


विश्वासको मत दिँदै नागरिक उन्मुक्तिले भन्यो : रेशम रिहाइलाई प्राथमिकता दिइयोस्

विश्वासको मत दिँदै नागरिक उन्मुक्तिले भन्यो : रेशम रिहाइलाई प्राथमिकता दिइयोस्

नेपालखबर
फागुन २१, २०७९ आइतबार १५:३, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन्।

प्रदेश सभामा बोल्दै चौधरीले आफ्ना सांसदलाई मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न निर्देशन दिए। 

नागरिक उन्मुक्तिले अहिलेको आठ दलीय गठबन्धनले टीकापुर घटनामा दोषी रेशम चौधरीको रिहाइ मुद्दा प्राथमिकतामा राख्नु पर्ने माग गरेको छ।

‘अहिलेको नयाँ समीकरणमा हामी पनि छौँ, हाम्रो माग मुद्दालाई प्रदेश सरकार र अहिलेको गठबन्धनको प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने, ‘हामी कुनै सत्ताका लागि मात्रै लागेका सांसद होइनौँ।’

एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २६ माघमा राजेन्द्र सिंह रावल पदमुक्त भएका थिए। रेशम चौधरी रिहाइको आश्वास मात्रै पाएकोले त्यस बेला विश्वासको मत दिन नसकेको चौधरीले बताए।

टीकापुर घटनालाई राजनीतिक रुपमा निराकरण गर्नुपर्ने उनले बताए।

‘हाम्रो माग सम्बोधनको आश्वासपछि विगतको सरकारलाई समर्थन गरेका थियौँ, माघमै माघी उपहार दिन्छौँ भनेका थिए, तर हामीमाथि धेरै अपमान गर्यो,’ उनले भने, ‘संघीय सांसदलाई जेलमा थुन्ने काम गर्यो, न्यायोचित व्यवहार नगरेकोले हामीले विश्वासको मत दिन सकेनौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .