उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताएका छन्।
प्रेस चौतारी कैलालीले धनगढीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले नागरिक उन्मुक्तिले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने बताएका हुन।
‘सरकारलाई समर्थन गरेको छ, अहिले नै नागरिक उन्मुक्ति सरकारबाट बाहिरिने हामी सोच्न सक्दैनौँ,’ मन्त्री भण्डारीले भने, ‘समय सीमाभित्रै नागरिक उन्मुक्तिले विश्वासको मत दिनेमा हामी आशावादी छौँ।’
नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष समेत रहेका मन्त्री भण्डारीले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउने गरी काम अगाडि बढेको समेत बताए। कैलालीको हरैया क्षेत्रलाई बिशेष आर्थिक क्षेत्र बनाइने उनले प्रतिवद्धता जनाए।
दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने बताउँदै मन्त्री भण्डारीले यसअघिको सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्ने चरणमा रहेको बताए।
Shares
प्रतिक्रिया