ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश सभा उपसभामुखको निर्वाचन आज

सुदूरपश्चिम प्रदेश सभा उपसभामुखको निर्वाचन आज

नेपालखबर
माघ ३, २०७९ मंगलबार १५:४, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभा उपसभामुखको निर्वाचन आज (मंगलबार) बेलुकी ६ बजे हुने भएको छ। 

सभामुख भीमबहादुर भण्डारीले उपसभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन्। 

सभामुखमा माओवादी केन्द्रका सांसद भण्डारी सत्तारुढ गठबन्धनमा आबद्ध ४ दलको समर्थनमा मंगलबार बिहान निर्वाचित भएका थिए। 
प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेपछि केहीबेर अघि बसेको प्रदेश सभाको बैठकमा सभामुख भण्डारीले आज बेलुकी ६ बजे उपसभामुखको मतविभाजन गराउने गरी कार्यतालिका निकाल्न निर्देशन दिएका हुन्।

प्रदेश सभाको अर्को बैठक आज बेलुकी ६ बजे बस्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .