सुदूरपश्चिम


कांग्रेस सांसद मेघराज खड्का भन्छन् : सत्तारुढ गठबन्धनकै खटपटले सभामुख चयनमा ढिलाइ

कांग्रेस सांसद मेघराज खड्का भन्छन् : सत्तारुढ गठबन्धनकै खटपटले सभामुख चयनमा ढिलाइ

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १९:४३, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभाका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मेघराज खड्काले सत्तारुढ गठबन्धन भित्रको खटपटका कारण सभामुख चयन हुन नसकेको बताएका छन्।

सभामुख चयनमा नेपाली कांग्रेसले संवैधानिक संकट निम्त्याउने काम नगरेको स्पष्ट पार्दै गठबन्धनकै लापरबाहीले सभामुख चयन नभएको उनले टिप्पणी गरे।

‘सत्तारुढ गठबन्धनमा मेल देखिएन, हिजो उहाँहरुका दुई सांसद उपस्थित भएनन्, एक मत बदर भयो,’ उनले नेपालखबरसँगको कुराकानीमा भने, ‘गठबन्धनका साथीहरुबीच नै समस्या देखिँदा सभामुखले बहुत पाएनन्, आफ्ना सांसद्लाई ह्विप लगाउनसक्नु पर्थ्यो, आफूले कमजोरी गर्ने अनि अर्काको टाउकोमा दोष थोपरेर हुन्छ?’

नेपाली कांग्रेस सभामुख चयन प्रक्रिया अड्काउने पक्षमा नरहेको समेत उनले स्पष्ट पारे। ‘हिजो उहाँहरुले नै १ बजे बोलाएको बैठक ५ बजे पुर्याउनुभयो, हामीले सहमति नै जनायौं, घण्टी लागेपछि पनि गठबन्धनका साथीहरु प्रदेश सभामा पसिरहँदा पनि हामीले विरोध गरेनौं,’ उनले भने, ‘प्रतिपक्ष दलका हामी त सबै प्रदेश सभामा उपस्थित नै थियौँ नी, कांग्रेस अड्काउने पक्षमा छैन।’

सभाध्यक्ष शिवराज भट्ट गायब नभएको बताउँदै उनले उनी आफूहरुको सम्पर्कमा रहेको बताए।

‘दिनभर प्रदेश सभामै हुनुहुन्थ्यो, सत्तारुढ गठबन्धनमा समस्या नभएको भए पहिलो चरणमै सभामुख चयन भइसक्थ्यो,’ उनले भने, ‘पहिलो चरणमा सभामुख चयन नहुँदा दोस्रो चरणका लागि के गर्ने भनेर नियमावली स्पष्ट व्यवस्था नभएकाले उहाँ कानूनी परामर्शमा हुनुहुन्थ्यो।’

सत्तारुढ गठबन्धनमा समस्या नभएको भए बिहीबारको प्रदेश सभा बैठकबाटै सभामुख टुंगो लागिसक्ने उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad