सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसले राखेको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको छ।
कांग्रेसका सांसद मेघराज खड्काले राखेको ‘मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको हो।
सो प्रस्तावको पक्षमा २३ र विपक्षमा २७ मत आएको प्रदेश सभाको अध्यक्षता गरेका शिवराज भट्टले घोषणा गरे।
५३ प्रदेश सभा सदस्यमध्ये आजको प्रदेश सभा बैठकमा ५० जना सांसद उपस्थित थिए। नेकपा एमाले चक्र मल्ल, नागरिक उन्मुक्तिका राजकिशोर चौधरी बैठकमा अनुपस्थित थिए। कांग्रेसका शिवराज भट्टले सभाको अध्यक्षता गरेकाले मत विभाजनमा भाग लिन पाएनन्।
एमालेका मल्ल बैठकमा सहभागी हुन सभामा पुगे पनि ढिला पुगेकाले प्रवेश पाएनन्। माओवादीका भीमबहादुर भण्डारीलाई सभामुखका लागि राखिएको प्रस्तावमा मतविभाजनको प्रक्रिया जारी छ।
Shares

प्रतिक्रिया