सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाइयो निर्वाचनको अन्तिम प्रतिवेदन

सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाइयो निर्वाचनको अन्तिम प्रतिवेदन

नेपालखबर
पुस २, २०७९ शनिबार १७:२८, काठमाडौँ

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ।

निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएकी हुन्।

गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम आज (शनिबार) एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो।

प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउनेतयारीको लागि अब बाटो खुलेको छ। 

प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ।

पहिलो बैठक आह्वान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्ने व्यवस्था रहेको छ।

प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन्।

प्रदेश सांसदहरु मध्येको ज्येष्ठ सदस्यको पहिचान प्रदेश सचिवालयले गर्नेछ। संवैधानिक व्यवस्था अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ।

प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .