ad ad

सुदूरपश्चिम


धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु, सडक अवरुद्ध पारेर आन्दोलन

धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु,  सडक अवरुद्ध पारेर आन्दोलन

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १४:५३, काठमाडौँ

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान गे्रडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो। उनी घरबाट विद्यालय जाँदै थिइन्।

मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्। विद्यार्थीको मृत्युपछि धनगढीमा विद्यागीहरू आन्दोलनमा उत्रिएका छन्। 

उक्त छात्रा पढ्ने विद्यालयका विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारेका हुन्।

उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .