ad ad

सुदूरपश्चिम


दार्चुलामा जिप दुर्घटना, एक जना घाइते

दार्चुलामा जिप दुर्घटना, एक जना घाइते

सांकेतिक तस्बिर


नेपालखबर
असोज ६, २०७९ बिहिबार २१:३५, कञ्चनपुर

दार्चुलामा बिहीबार बेलुका जीप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपिहिमाल गाउँपालिका–५ तिम्लीमा से १ ज २३३ नम्बरको बोलेरो जिप सडकबाट तल खसेको छ।

दुर्घटनाको खबरपछि घटनास्थलतर्फ प्रहरी गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

‘दुर्घटनाको खबर पछि प्रहरी टोली घटनास्थलतर्फ भएको छ,’ उनले भने, ‘घटनाको थप विवरण आएको छैन।’

जिप मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमाल गाउँपालिकाको मकरीगाड गइरहेको थियो। घटनास्थलमा रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्र सिंह धामीले दुर्घटनामा परेर एक जना घाइते भएको जानकारी दिए।

‘जीप सडकबाट करिब सय मिटर तल खसेको छ, एक जना गम्भीर घाइते छन्,’ उनले भने, ‘उद्धारको कार्य भइरहेको छ।’

जिपमा ५/६ जना सवार रहेको खुलेको उनले बताए। ब्याक गर्ने क्रममा ब्रेक फेल भएर जिप खसेको अनुमान गरिएको छ।

‘चालक र अन्य यात्रु छैनन्, एक जना मात्रै घाइते छन्,’ वडाध्यक्ष धामीले भने, ‘चालक र अन्य यात्रु भागेको आशंका छ।’ 

ईलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलतर्फ भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .