ad ad

सुदूरपश्चिम


कैलालीमा श्रीमतीको हत्या गरेर फरार, छोरी पनि घाइते

कैलालीमा श्रीमतीको हत्या गरेर फरार, छोरी पनि घाइते

सांकेतिक तस्बिर


गोकुल जोशी
असोज ६, २०७९ बिहिबार १०:१३, कञ्चनपुर

कैलालीको गौरीगंगा नगरपालिकामा एक महिलाको उनकै श्रीमानले धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नामजाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हो।

घटना पछि श्रीमान शेरबहादुर नामजाली मगर फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए। 

घटनामा मृतक मगरकी १७ वर्षीया छोरी घाइते भएकी छन्। घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .