ad ad

सुदूरपश्चिम


डा. केसीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी

डा. केसीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी

गोकुल जोशी
असोज ४, २०७९ मंगलबार १४:३९, कञ्चनपुर

कैलालीको धनगढीमा ९ दिनदेखि अनसनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ।

सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका केसीलाई थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।

‘सेती अस्पतालले स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले रेफर गर्नु भनेको थियो। उहाँ (केसी)लाई काठमाडौँ लैजाने तयारी भइरहेको छ,’ उनले भने, ‘त्यसका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर आउँदैछ, केहीबेर अघि हेलिकप्टर हिँडेको जानकारी आएको छ।’

डा. केसीले ७ बुँदे माग अघि सार्दै भदौ २७ गतेदेखि धनगढीमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी २९ गते बेलुका सेती प्रादेशिक अस्पताल भर्ना गरिएका थिए।

केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शंका भएकाले थप जटिलता आउन सक्ने हुँदा उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .