ad ad

सुदूरपश्चिम


अछाम पहिरो अपडेट : मृतकको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

अछाम पहिरो अपडेट : मृतकको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

गोकुल जोशी
असोज १, २०७९ शनिबार १०:४५, कञ्चनपुर

अछाममा अविरल वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर ६, वडा नम्बर ८, ढकारी गाउँपालिका–६ र तुर्माखाँद गाउँपालिका ६ मा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनका अनुसार अझै ११ जना बेपत्ता छन्।

कमलबजार नगरपालिका–६ मा पहिरोमा परेका १४ जनामध्ये ४ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए। यस्तै त्यहाँ ३ जना बेपत्ता छन्।

कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा पहिरोमा परेका ६ जनामध्ये ५ जनाको शव भेटिएको छ। त्यहाँ एक जनाको उद्धार गरिएको छ।

ढकारी गाउँपालिका–६ मा पहिरोमा परेका ५ जनामध्ये एक जनाको शव भेटिएको छ भने एक जना बेपत्ता छन्। ३ जनाको सकुसल उद्धार गरिएको छ। 

तुर्माखाँद गाउँपालिका–५ मा पहिरोमा परेका ९ जनामध्ये २ जनाको शव भेटिएको छ भने अन्य बेपत्ता ७ जनाको खोजी भइरहेको छ।

  •  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .