सुदूरपश्चिम


गाउँपालिका अध्यक्षकी पत्नीले भान्छे पदबाट राजीनामा दिँदै तलब फिर्ता गरिन्

गाउँपालिका अध्यक्षकी पत्नीले भान्छे पदबाट राजीनामा दिँदै तलब फिर्ता गरिन्

नेपालखबर
भदौ २१, २०७९ मंगलबार ९:५, काठमाडौँ

जनस्तरबाट व्यापक आलोचना भएपछि अछामको रामारोशन गाउँपालिकाका अध्यक्षकी पत्नीले भान्छे पदबाट राजीनामा दिँदै पाएको तलबसमेत फिर्ता गरेकी छन्।

गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले विज्ञापनबिनै आफ्नी पत्नी जयसरा साउँदलाई गाउँपालिका कार्यालयको भान्छे पदमा करारमा नियुक्ति दिएका थिए। तर यसको व्यापक आलोचना भएपछि जयसराले पदबाट राजीनमा दिँदै तलबसमेत फिर्ता गरेकी हुन्। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार उनको स्वीकृतसमेत भइसकेको छ। 

‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई अतिरञ्जित गरी जनस्तराटसमेत व्यापक आलोचना भएकोले जयसरा साउँदले राजीनामा दिई स्वीकृतसमेत भएको छ,’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ। 

साउँदले भान्छे पदमा रही काम गरेबापत लिएको ३१ हजार ६ सय ३० रुपैयाँ पनि फिर्ता गरेकी छन्।  

हेर्नुहोस् विज्ञप्ति–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .