सुदूरपश्चिम


कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

तस्बिर : गाेकुल जाेशी/नेपालखबर


नेपालखबर
भदौ १४, २०७९ मंगलबार ६:३१, काठमाडौँ

कञ्चनपुरमा सोमबार बेलुका जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाटामा जंगली हात्तीको आक्रमणमा परेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेdf सिमलफाँटाका कालुराम जोशीकी २२ वर्षीया मीना जोशी रहेकी छन्। खेतमा काम गर्ने समयमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

घटनाको मुचुल्का उठाएर शव परीक्षणका राति नै महाकाली प्रादेशिक अस्पताल लगिएकाे थियाे। घर नजिकै हात्ती देखेपछि भाग्ने क्रममा हात्तीको आक्रमणमा परेर उनले ज्यान गुमाएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad