सुदूरपश्चिम


छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १०:५५, कैलाली

कैलालीमा छाडा गाईसँग ठोक्किएर गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय (कैलाली) का प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको मृत्यु भएको हो। 

प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइकल छाडा गाईसँग ठोक्किएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल (धनगढी) मा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad