विश्वकपको सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग पराजित भएपछि मोरक्को फुटबल संघ (एफएमआरएफ) ले रेफ्रिविरुद्ध प्रोटेस्ट हालेको छ। एफएमआरएफले विश्व फुटबलको सर्वोच्च निकाय फिफामा बुधबार राति सेमिफाइन खेल खेलाउने रेफ्रिविरुद्ध प्रोटेस्ट हालेको हो।
मेक्सिकन रेफ्रिको पेनाल्टी दिने निर्णयमा आफुहरुलाई चित्त नबुझेको भन्दै एफएमआरएफले फिफासामु प्रोटेस्ट दिएको हो।
खेलको पहिलो हाफमा फ्रान्सले पेनाल्टी प्रहारलाई सदुपयोग गर्दै मोरक्कोविरुद्ध अग्रता बनाएको थियो।
विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको अफ्रिकन तथा अरबी टोली मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको थियो।
एफएमआरएफसंघले रेफ्रिको निर्णयको समिक्षा गर्न पनि सम्बन्धित निकायलाई पत्र लेखेको छ। रेफ्रिले मोरक्कोले पाउनुपर्ने पेनाल्टी पुन: नदिएको बताएको छ।
भिडियो असिस्टेन्ट रेफ्रि (भिएआर) ले पनि यस्तो अवस्थामा प्रतिक्रिया नदिएकोमा छक्क परेको एफएमआरएफले जनाएको छ।
Shares
प्रतिक्रिया