कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सविरुद्ध अग्रता दोब्बर बनाएको छ। खेलको ७१ औँ मिनेटमा नेदरल्याण्ड्सका खेलाडीले फउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। ७३ औँ मिनेटमा कप्तान मेस्सीको पेनाल्टी प्रहार रोक्ने कुनै अवसर पाएनन्।
जारी विश्वकपमा मेस्सीको यो चौथो गोल हो।
त्यसअघि लुसैले स्टेडियममा खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्। मोलिनाले पहिलो अन्तराष्ट्रिय गोल गरेका हुन्।
108
Shares
प्रतिक्रिया