ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियरले लेजेण्ड पेलेसँगको कीर्तिमान बराबरी गरेका छन्। कतार विश्वकप अन्तर्गत क्वार्टरफाइनलमा क्रोएसियासँग गोल गर्दै पेलेसँगको ७७ गोलको कीर्तिमान बराबरी गरेका हुन्।
उनको कीर्तिमानका बाबजुद ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएको छ। नेयमारले खेलको १०६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
यो उनको राष्ट्रिय फुटबल टोलीबाट अफिसियल ७७ औं गोल हो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक ७७ गोललाई मान्यता दिएपनि ब्राजिल फुटबल महासंघ र पेलेले ९५ गोल गरेको दाबी गर्छन्। पेलेले सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकपको उपाधि जितेका थिए।
३० वर्षीय नेयमारले सन् २०१० मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
प्रतिक्रिया