ad ad

खेल


शानदार जितसहित इङ्ल्याण्ड क्वार्टरफाइनलमा

शानदार जितसहित इङ्ल्याण्ड क्वार्टरफाइनलमा

नेपालखबर
मंसिर १९, २०७९ सोमबार २:३८, काठमाडौँ

इङ्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आइतबार राति अफ्रिकन च्याम्पियन सेनेगललाई ३–० ले पराजित गर्दै इङ्ल्याण्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। 

खेलको सुरुवातमा अफ्रिकन च्याम्पियनले केही चुनौती दिए पनि ३८ औं मिनेटमा पछि परेपछि थप कमजोर देखिएको थियो। पाएका केही अवसरमा पनि गोल गर्न सेनेगल चुक्दा इङ्ल्याण्डले लगातार फाइदा उठायो। पहिलो हाफमा जोर्डन हेन्डरसनले सुरुवाती अग्रता दिलाएका थिए। 

पछि परेको सेनेगलले थप आक्रमक खेल्न खोज्दा इङ्ल्याण्डले जवाफी आक्रमण बढायो। पहिलो हाफकै अतिरिक्त समयको तेस्रो मिनेटमा कप्तान ह्यारी केनले जालि चुमाए। 

दोस्रो हाफमा पनि सेनेगल खेलमा फर्किन सकेन। ५७ औं मिनेटमा युवा फरवार्ड बुकायो साकाले तेस्रो गोल गर्दा इङ्ल्याण्डले सहज जित हात पार्यो। जारी विश्वकपमा इङ्ल्याण्ड अपराजित छ।

पहिलो खेलमा ६–२ ले इरानलाई पराजित गरेको इङ्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरी खेलेको थियो। समूहको अन्तिम खेलमा वेल्सलाई ३–० ले स्तव्ध पार्दै समूह विजेताका रुपमा नकआउटमा पुगेको थियो। 

इङ्ल्याण्ड ५६ वर्षपछि उपाधि दोहो¥याउने लक्ष्यमा छ। घरेलु मैदानमा १९६६ मा उपाधि जित्नुबाहेक इङ्ल्याण्डले उपाधि दोहो¥याउन सकेको छैन। यसअघि २०१८ को विश्वकपमा सेमिफाइनलमा पुगे पनि क्रोएसियासँग पराजित भएको थियो। त्यतिबेला उपविजेतासँग हारेको इङ्ल्याण्डले यस पटक भने साविक विजेता फ्रान्ससँग क्वार्टरफाइनलमै भिड्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .