ad ad

खेल


एम्बाप्पेको शानदार प्रदर्शनमा फ्रान्स क्वार्टरफाइनलमा

एम्बाप्पेको शानदार प्रदर्शनमा फ्रान्स क्वार्टरफाइनलमा

नेपालखबर
मंसिर १८, २०७९ आइतबार २२:४४, काठमाडौँ

साविक विजेता फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति पोल्याण्डलाई पराजित गर्दै फ्रान्सले नकआउट पार गरेको हो। 

यो सँगै फ्रान्सले लगातार तेस्रो पटक नकआउट चरण पार गरेको छ। यसअघि २०१४ को विश्वकपमा क्वार्टर फाइनलबाट बाहिरिएको फ्रान्सले २०१८ मा दोस्रो पटक विश्वकप उपाधि जितेको थियो। 

तेस्रो पटक नकआउट पार गर्दा समूह डी को विजेता फ्रान्सले पोल्याण्डलाई ३–१ ले सहजै पराजित गर्यो। फ्रान्सको जितमा ओलिभर जिरुडले एक तथा केलियन एमबाप्पेले दुई गोल गरे। पहिलोहाफको ४४ औं मिनेटमा एमबाप्पेकै पासमा जिरुडले फ्रान्सलाई अग्रता दिलाएका थिए। 

७४ औं मिनेटमा ओसमान डेम्बेलेको पासमा डिबक्सभित्रैबाट एम्बाप्पेले गरेको प्रहार पोल्याण्डका गोल रक्षकले बचाउने मौका पाएनन्। अतिरिक्त समयमा एमबाप्पेले अर्को गोल थपे। मार्कस थुरामको पासमा डिबक्सभित्रैबाट एम्बाप्पेले गरेको शक्तिशाली प्रहारलाई पोल्याण्डका गोल रक्षकले थेग्न सकेनन्।

खेलको अन्तिममा पोल्याण्डले पेनाल्टी मार्फत १ गोल फर्कायो। त्यसअघि कप्तान लेवान्डोस्की चुके पनि उनले पेनाल्टी प्रहार नगर्दै फ्रान्सका खेलाडी डिबक्समा पसेपछि पोल्याण्डले पुनः प्रहार गर्ने मौका पाएको थियो। पहिलो पेनाल्टी सहजै बचाएका फ्रान्सका गोल रक्षकले दोस्रो पेनाल्टी भने बचाउन सकेनन्। 

यो सँगै पोल्याण्डसँग ४० वर्ष पहिलेको हारको बदला पनि फ्रान्सले लिएको छ। १९८२ मा तेस्रो स्थानको लागि भएको खेलमा पोल्याण्डले फ्रान्सलाई ३–२ ले पराजित गरेको थियो। 

१९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स त्यसपछि लगातार छनौट हुँदै आएको छ। २००२ मा समूहचरणबाटै बाहिरिएको थियो। २००६ मा फाइनलमा इटालीसँग पराजित भएको थियो। २०१० मा समूह चरणबाटै बाहिरिएको थियो।

२०१४ मा क्वार्टरफाइनल पुगेको फ्रान्स अघिल्लो पटक क्रोएसियालाई पराजित गरेर दोस्रोपटक विश्वकप जितेको थियो। यसपटक पनि क्वार्टर फाइनलमा पुगेको छ। यो उसको लगातार तेस्रोपटक क्वार्टरफाइनल यात्रा हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .