ब्राजिलका मुख्य फरवार्ड नेयमार जुनियर दक्षिण कोरियाबीचको खेलमा उपलब्ध हुने भएका छन्।
लिग चरणको पहिलो खेलमा नै एङकलमा चोट बोकेपछि समूह चरणका दुई खेल गुमाएका थिए। अघिल्ला दुई खेल गुमाएका नेयमार नकआउट चरणको खेलमा भने उपस्थित हुने टोलीका प्रशिक्षक टिटेले पुष्टि गरेका हुन्।
सर्वियासँगको खेलमा चोट बोकेपछि उनले ८० औँ मिनेटमा मैदान छाडेका थिए। समूह जी को विजेताको रुपमा रहेको नकआउट पुगेको ब्राजिल समुह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० ले पराजित भएको थियो।
नेयमारले आइतबारको प्रशिक्षणमा सहभागी भएको टिटेले सुनाएका छन्। उनी सोमबारको खेलमा उपलब्ध हुनेछन्।
नेयमारले सामाजिक सञ्जालमा लेखेका थिए, मेरो जिवनमा केही कुरापनि सजिलोसँग आएको छैन, मेरो मेरो लक्ष्य र सपना पूरा गर्न धेरै मेहनत गर्नुगरेको छ।
405
Shares
प्रतिक्रिया