विश्वकप फुटबल अन्तरगत समूह बी का टोलीबिच अहिले खेल भइरहेको छ।
खेलको दोस्रो हाफ चलिरहँदा इङ्ल्याण्डले वेल्सलाई २–० ले पछि पारेको छ।
पहिलो हाफ गोलरहित सकिएको खेलको दोस्रोहाफमा २ मिनेटको फरकमा इङ्ल्याण्डले २ गोल गरेको हो।
खेलको ५० औं मिनेटमा मार्कस रासफोर्ड र ५२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका हुन्।
वेल्स जित्नै पर्ने दबाबमा भए पनि इङ्ल्याण्ड खेलमा सुरु देखि नै हाबी भएको छ।
यही नतिजा कायम रहे समूह बिजेता बन्दै इङ्ल्याण्ड नकआउट चरणमा पुग्ने छ।
वेल्सको विश्वकप यात्रा भने यहिँ सकिने छ। अर्को खेलमा अमेरिकाले इरानलाई १–० ले पछि पारेको छ।
अमेरिकाको पनि समूह उपविजेताका रुपमा नकआउटमा पुग्ने सम्भावना बलियो बनेको छ।
प्रतिक्रिया