कतार विश्वकपमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल र घानाबीचको खेल सुरु भएको छ। समूह एच को अन्तिम खेलमा यी दुवै टोली सुखद सुरुवातको प्रयासमा हुनेछन्।
समूहमा बलियो मानिएको पोर्चुगल सहज जितको खोजिमा हुनेछ। यही समूहमा दक्षिण कोरिया र उरुग्वे भएकाले आजको खेल जित्नै पर्ने दवाव रोनाल्डोको टिमलाई छ।
यसअघिको विश्वकपमा समूह चरण पार गरे पनि उरुग्वेसँग पराजित हुँदा विश्वकपको यात्रा टुंगिएको थियो। यस पटक समूह चरणमै उरुग्वेसँग भेट हुनेछ। अर्को टोली दक्षिण कोरियाले पनि राम्रो सुरुवात गरेको छ। उरुग्वे र कोरियाले यसअघिको खेलमा बराबरी खेलेका छन्।
यो समूहमा तीन ठूला टोलीका लागि घाना पनि सहज प्रतिस्पर्धी होइन। पोर्चुगलले स्टार खेलाडी रोनाल्डोलाई सुरुवातमै उतारेको छ। उनकै कप्तानिमा पोर्चुगल हुनेछ।
विश्वकप अन्तरगम सबै समूहका पहिलो खेल आज राति सकिनेछ। यसपछि अन्तितम खेलमा ब्राजिल र सर्विया भिड्नेछन्।
Shares
प्रतिक्रिया