विश्वकप फुटबलमा समूह एच का उरुग्वे र दक्षिण कोरियाबीचको खेल सुरु भएको छ। एजुकेसन सिटी स्टेडियममा सुरु खेलमा दुवै टोलि पहिलो जितको खोजीमा छन्।
यसअघिको विश्वकपमा फरक फरक समूहबाट यी टोलिले अन्तिम १६ को यात्रा तय गरेका थिए। उरुग्वे क्वार्टर फाइनलबाट बाहिरिएको थियो। कोरिया भने अन्तिम १६सम्म पुगेको थियो।
यही समूहमा पोर्चुगल र घाना पनि छन्। अघिल्लो चरण प्रवेशका लागि आजको जित दुवै टोलिका लागि महत्वपूर्ण हुनेछ।
यसपछि ९ः४५ बजे घाना र पोर्चुगल भिड्नेछन्।
मंसिर ८, २०७९, बिहीबार
प्रतिक्रिया