खेल


जर्मनी र जापानबीचको खेल सुरु

जर्मनी र जापानबीचको खेल सुरु

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १८:४५, काठमाडौँ

चार पटकको विश्व विजेता जर्मनी र जापानबीचको खेल सुरु भएको छ। खालिफ स्टेडियममा साँझ पौने ७ देखि सुरु खेलमा जापान शानदार सुरुवात गर्ने लक्ष्यमा रहेको छ।

गएको विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। यस पटक पनि जापान र स्पेन रहेको समूहमा भएकाले जापान यो खेल जसरी पनि जित्ने लक्ष्यमा छ। यता जापान पनि जर्मनीलाई रोक्दै सुखद सुरुवात गर्ने तयारीमा छ। 

जर्मनीले १९५०, १९७४, १९९० र २०१४ को विश्वकपको उपाधि उचालिसकेको छ।  जर्मनी कतार विश्वकपमा उपाधि होडमा लागिपरेको छ। समूह ई मा बलियो टोली रहेको जर्मनी २०१४ कै लयलाई निरन्तरता दिने दाउमा छ। 

थोमस मुलरको कप्तानीमा रहेको जर्मन टोली लेरोय साने, जोशुआ किमिच, टिमो वेर्नर, एन्टोनियो रुडिगर र म्यानुअल न्युअर जस्ता स्टार खेलाडीले भरिएको छ।  

१९९८ बाट विश्वकपमा सहभागिता जनाउन सुरु गरेको जापान अहिलेसम्म अन्तिम १६ बाट अघि बढ्न सकेको छैन। 

जापानी टोलीको नेतृत्व तामुकी मिनामिनोले गर्नेछन्। लिग १ मा मोनामोका लागि खेल्ने मिनामिनोले राष्ट्रिय टोलीका लागि ४३ खेलमा १७ गोल गरेका छन्। मिनामिनोले विश्वकपको छनोट चरणमा १० गोल गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .