ad ad

खेल


विश्वकप : फ्रान्स र अष्ट्रेलियाको खेल सुरु

विश्वकप : फ्रान्स र अष्ट्रेलियाको खेल सुरु

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ०:४१, काठमाडौँ

कतार विश्वकप अन्तर्गत समूह डी को दोस्रो खेलमा २ पटकको विश्व च्याम्पियन फ्रान्स र अष्ट्रेलिया बिचको खेल सुरु भएको छ।

अल वार्कनस्थित अल जनौव स्टेडियममा खेल सुरु भएको छ। फ्रान्स हुगो लोरिसको कप्तानीमा मैदान उत्रिएको छ। अष्ट्रेलियाको कमानी भने म्याथुज रायनले सम्हालेका छन्। 

केलियन एम्बापे, ओसुमाने डिम्बेले र ओलिभिर गिरोडको आक्रमणमा मैदान उत्रदैछ। फ्रान्स २०१८ कै लयलाई निरन्तरता दिने योजनामा छ। फ्रानसले यो अघि सन् १९९८ र २०१८ मा विश्वकपको उापध िउचालेका थिए। 

अष्ट्रेलियाको आक्रमण भने म्याथु लिक्की, मिच डुके र क्रेज गुडविनले सम्हाल्नेछन्। पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियाले २००६ मा मात्र अन्तिम १६ मा स्थान बनाएको थियो। अन्य संस्करणमा भने समुह चरण पार गर्न सकेको छैन। 

आजै भएको पहिलो खेलमा डेनमार्क र ट्युनिसाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .