ad ad

राजनीति


समानुपातिकमा प्रदेशसभातर्फ कुन दलको कति मत?

समानुपातिकमा प्रदेशसभातर्फ कुन दलको कति मत?

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ०:४४, काठमाडौँ

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ।

निर्वाचन आयोगको मंगलबार राति साढे १० बजेसम्मको मतगणनासम्बन्धी विवरणानुसार प्रदेश नं १ मा नेकपा ९एमाले०ले प्रदेशसभातर्फ ३८ हजार पाँच सय चार र नेपाली कांग्रेसले ३३ हजार तीन सय १४ मत प्राप्त गरेको छ। 

त्यस्तै नेकपा (माओवादी केन्द्र) ले १३ हजार दुई सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ हजार ९१, जनता समाज पार्टीले पाँच हजार आठ सय ७५ र अन्यले १६ हजार चार सय ९७ मत प्राप्त गरेका छन्।

यसैगरी मधेस प्रदेशमा कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फ आठ हजार एक सय ८५, एमालेले सात हजार छ सय ७३ र जनमत पार्टीले सात हजार आठ सय ३२ मत पाएको छ। माओवादी केन्द्रले तीन हजार छ सय १७, जसपाले चार हजार तीन सय ४७ र अन्यले १० हजार सात सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

बागमती प्रदेशमा प्रदेशसभातर्फ एमालेले १९ हजार छ सय ८४, कांग्रेसले १९  हजार ८७, माओवादी केन्द्रले नौ हजार पाँच सय तीन, राप्रपाले ११ हजार दुई सय ८२, नेपाल मजदुर किसान पार्टीले पाँच हजार पाँच सय ९७ र अन्यले पाँच हजार तीन सय ३६ मत प्राप्त गरेका छन्।

गण्डकी प्रदेशमा एमालेले प्रदेशसभातर्फ ३३ हजार ३१, कांग्रेसले २३ हजार छ सय २६, माओवादी केन्द्रले सात हजार ८०, राप्रपाको छ हजार चार सय ९६, नेकपा (एकीकृत समाजवाली) ले तीन हजार एक सय ४१ र अन्यले छ हजार एक सय ७९ मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशमा एमालेले प्रदेशसभातर्फ ४९ हजार पाँच सय ४३, कांग्रेसले ३८ हजार दुई सय ९८, माओवादी केन्द्रले १६ हजार चार सय १७, राप्रपाले १० हजार चार सय ७५, नागरिक उन्मुक्ति पार्टीले पाँच हजार आठ सय ६२ र अन्यले १७ हजार नौ सय ८२ मत प्राप्त गरेका छन्।

यसैगरी कर्णाली प्रदेशमा प्रदेशसभातर्फ माओवादी केन्द्रले दुई हजार दुई सय छ, एमालेले सात सय २१, कांग्रेसको छ सय २४, राप्रपाले एक सय चार, एकीकृत समाजवादीले ४७ र अन्यले एक सय तीन मत प्राप्त गरेका छन्। 

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको मतपरिणामबारेको एकीकृत विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .