ad ad

खेल


मानेबिनाको सेनेगलको खराब सुरुवात, नेदरल्याण्ड्सको रोमाञ्चक जित

मानेबिनाको सेनेगलको खराब सुरुवात, नेदरल्याण्ड्सको रोमाञ्चक जित

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २३:४६, काठमाडौँ

मानेबिनाको सेनेगलमाथि रोमाञ्चक जित निकाल्दै नेदरल्याण्ड्सले कतार विश्वकपमा विजयी सुरुवात गरेको छ।

सोमबार राति दोहास्थित अल थुमामा स्टेडियममा नेदरल्याण्ड्सले २–० को जित दर्ता गरेको हो। सेनेगलले दुवै गोल खेलको अन्तिम समयमा खान पुग्यो। खेलमा लगातार आक्रमण गरेपनि डिफेन्समा चुक्दा सेनेगलले महत्वपुर्ण ३ अंक गुमाउनु परेको छ। 

नेदरल्याण्ड्सका लागि ८४ औँ मिनेटमा कोडी गाक्पो अग्रता दिलाए। अतिरिक्त समयको ८औँ मिनेटमा गोल गर्दै डेभी क्लासेनले नेदरल्याण्डस्को जित सुनिश्चित गरे। 

अतिरिक्त समयको अन्तिम मिनेटमा मेम्फिस डिपेले प्रहार गरेको बल सेनेगलका गोल रक्षक मेन्डीले क्लियर गर्न नसक्दा नेदरल्याण्ड्सले अग्रता दोब्बर पार्यो। त्यो बललाई क्लासेनले सहजै जालि चुमाए। 

चोटका कारण मानेले विश्वकप गुमाएपछि सेनेगलको टोलीमा फिनिसिङको समस्या देखा पर्यो।

सेनेगलले लगातार नेदरल्याण्ड्सको पोष्टमा आक्रमण गरे पनि नेदरल्याण्ड्सका गोल रक्षक एन्डे«स नोपेटले उत्कृष्ठ बचाउ गरे। ८४ मिनेटसम्म बराबरीमा रोकेको सेनेगलले अन्तिम समयमा पछि परेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डच टोली नेदरल्याण्डस्ले दोस्रो हाफमा आक्रमण बढायो।

त्यसअघि दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन्। समूह एबाट इक्वेडर र नेदरल्याण्ड्सले समान ३ अंक जोडेका छन्। कतार र सेनेगल अंकबिहिन भएका छन्। 

सोमबार नै भएको समुह बी को पहिलो खेलमा इङल्याण्डले इरानलाई ६-२ को फराकिलो अन्तरले हराएको थियो। यसअघि समुह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २-० पराजित गरेको थियो। 

सोमबार मध्यराति नै समुह बी को अमेरिकाले वेल्ससँग खेल्नेछ। खेल राति पौने १ बजेपछि सुरु हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .