खेल


विश्वकप फुटबल : नेदल्याण्डस् र सेनेगलबीचको खेल सुरु

विश्वकप फुटबल : नेदल्याण्डस् र सेनेगलबीचको खेल सुरु

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २१:४४, काठमाडौँ

कतार विश्वकपअन्तर्गत समुह 'ए' मा रहेका नेदल्याण्डस् र सेनेगलबीचको खेल सुरु भएको छ। 

दोहास्थित अल थुमामा स्टेडियममा सुरु खेलमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिएका छन्। 

सन् २०१८ को विश्वकप गुमाएको सेनेगल मुख्य खेलाडी साडियो माने र बोउना सरबिनै मैदान उत्रिएको छ।  

चोटका कारण अन्तिम समयमा मानेले विश्वकप गुमाएपछि सेनेगलको आक्रमण लाइन केही कमजोर देखिने आँकलन गरिएको छ।

अफ्रिका नेसन्स कप जितेको सेनेगल उच्च मनोबलमा छ। 

सन् २०१० को विश्वकप फाइनललिष्ट टोली नेदरल्याण्डस् यो पटक सानदार सुरुवात गर्ने योजनामा छ।

विश्वकपमा डच टोलीले सबैभन्दा धेरै फाइनल खेल्ने टोलीको कीर्तिमान आफ्नो नाममा गराएको छ। 

कप्तान भर्जिन भान डाइकलाई रक्षापंक्तीमा डेन्जेल डम्फ्रिजल साथ दिनेछन्। 

नेदरल्याण्ड्सको टोलीः
गोलरक्षकः आन्द्रेस नोपेट, 
डिफेन्डरः भर्जिल भान डाइक,  डेनजेल डम्फ्रिज, माथिज्स डे लिग्ट, नाथन एके, डेली ब्लाइन्ड
मिडफिल्डर:फ्रेन्की डी जोंग, कोडी गाक्पो, स्टीभन बर्घुइस
फरवार्ड:स्टिभन बर्गविजन, भिन्सेन्ट जान्सेन

सेनेगलको टोलीः 
गोलकिपर:एडुआर्ड मेन्डी, 
डिफेन्डर:पापे अबाउ सिस्से, अब्दु डियालो, कालिडो कौलिबाली,  युसुफ सबली, 
मिडफिल्डरः नामपालिस मेन्डी, इन्द्रिसा गुए, चेइक्यौ कोएटे 
फरवार्ड: इस्माइला सर, बोउले दिया, क्रेपिन डियटा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad