खेल


विश्वकप फुटबल : कतारको बचाउमा उत्रियो फिफा, पश्चिमालाई ‘पाखण्डी’को संज्ञा

विश्वकप फुटबल : कतारको बचाउमा उत्रियो फिफा, पश्चिमालाई ‘पाखण्डी’को संज्ञा

नेपालखबर
मंसिर ३, २०७९ शनिबार २०:१०, काठमाडौँ

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फेन्टिनोले यो संस्करणको विश्वकप आयोजक कतारको बचाउ गरेका छन्। 

विश्वकप सुरू हुनु एकदिनअघि फिफाका अध्यक्ष जियानी इन्फेन्टिनोले कतारको मानवाधिकार अवस्थाको रिपोर्टलाई लिएर पश्चिमाहरुलाई ‘पाखण्ड’ गरेको आरोप लगाएका छन्। 

दोहामा पत्रकार सम्मेलनका क्रममा इन्फेन्टिनोले करिब एक घण्टासम्म आफ्ना कुरा राखे। उनले त्यसक्रममा बलियोसँग कतार र यो विश्वकपको बचाउ गरेका हुन्। 

नेपाल, भारत र बंगलादेशसहितका हजारौँ प्रवासी मजदुरको मृत्यु र एलजीबीटी समुदायसँग भएको व्यवहारलाई लिएर कतारमाथि गम्भीर आरोप छ। उसमाथि यी दुई अन्यायको छाया विश्व कपको आयोजनामा देखिइसकेको पश्चिमाको तर्क छ।

'आज म बलियोसँग भन्न सक्छु। आज म कतारी, अरब, अफ्रिकी, गे, अपाङ्गता भएका र प्रवासी मजदुर महसुस गरिरहेको छु', उनले भनेका छन्।

कतारले एक्लै यस विश्व कपको आयोजन गरिरहेको छ। आइतवार साँझ ४ बजे इक्वाडोरसँग अल ब्यात स्टेडियममा उद्घाटन खेल हुँदैछ।

'म युरोपेली हुँ। विश्वभरमा ३ हजार सालसम्म हामीले जे जति गरेका छौँ, त्यसका लागि नैतिक पाठ दिनुअघि हामीले अघिल्लो ३ हजार वर्षसम्म माफि माग्नुपर्छ', उनले भनेका छन्। 


उनले यदि युरोप ती मानिसको भाग्य र भविष्यको चिन्ता गर्छ भने कतारको जस्तै कानुनी बाटो बनाउनु जरूरी रहेको उनले बताए। 

'यदि युरोप ती मानिसको भाग्यको चिन्ता गर्छ भने उसले पनि कतारको जस्तै एक कानुनी बाटो बनाउन जरुरी छ। यस्तो भएमा यिनै मजदुर युरोपमा पनि काम गर्न जान सक्छन्। उनीहरुलाई केही भविष्य, केही आत्मविश्वास र आशा दिनु युरोपको पनि कर्तव्य हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .