ad ad

खेल


विश्वविजेता अर्जेन्टिनाले पाउनेछ ४ करोड २० लाख अमेरिकी डलर

विश्वविजेता अर्जेन्टिनाले पाउनेछ ४ करोड २० लाख अमेरिकी डलर

नेपालखबर
पुस ४, २०७९ सोमबार ०:३२, काठमाडौँ

विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ । 

उपविजेतामा खुम्चिएको फ्रान्सले तीन करोड डलर पुरस्कार पाउनेछ । सन् २०१८ मा विजेता बनेको फ्रान्सले तीन करोड ८०  लाख अमेरिकी डलर पुरस्कार रकम पाएको थियो ।

विश्व फुटबल महासंघ फिफाका अनुसार यो विश्वकपमा सहभागी हरेक फुटबल टोलीले ९० लाख डलर पाउनेछन् । त्यसबाहेक प्रतियोगिता तयारीका लागि सबै टोलीले १५ लाख डलर पाएका थिए । 

यो विश्वकपमा तेस्रो भएको क्रोएसियाले दुई करोड ७० लाख पुरस्कार रकम पाएको छ भने क्रोएसियासँग हारेको मोरक्कोले पनि दुई करोड ५० लाख डलर पाएको छ ।  

गत वर्ष फिफाले साढे सात अर्ब डलर आम्दानी गरेको थियो । फिफाले प्रत्यक्ष प्रसारण, प्रायोजन, टिकेट र आतिथ्य बिक्रीबाट आम्दानी गर्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .