ad ad

खेल


पेनाल्टीमा गोल गर्न नसक्दा केनले गुमाए कीर्तिमान राख्ने मौका

पेनाल्टीमा गोल गर्न नसक्दा केनले गुमाए कीर्तिमान राख्ने मौका

नेपालखबर
मंसिर २५, २०७९ आइतबार ३:३७, काठमाडौँ

फ्रान्सविरुद्ध दोस्रो पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा इंग्ल्याण्डका कप्तान ह्यारी केनले वेन रुनीको कीर्तिमान तोड्ने अवसर गुमाएका छन्। 

कतार विश्वकपअन्तर्गत शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा दोस्रो पेनाल्टी अवसर खेल फाल्दा कीर्तिमान आफ्नो नाममा गर्ने सुन्दर मौका गुमाएका हुन्। 

खेलको ८४ औँ मिनेटमा इङल्याण्डले दोस्रो पेनाल्टी अवसर पाएको थियो। जसमा केन चुक्न पुगे। 

त्यसअघि खेलको ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै केनले वेनसँगको कीर्तिमानी बराबरी गरेका हुन्। कप्तान केनले राष्ट्रिय टोलीबाट ५३ गोल गर्दै वेन रुनीसँगको किर्तिमानी बराबरी गरेका हुन्। 

२९ वर्षिय टोटनह्याम हट्सपुरका स्ट्राइकर केनले २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। डेब्यु खेलको ७९ सेकेण्डमा नै केनले गोल गरेका थिए। 

२०२१ मा २९ खेलमा केनले २१ गोल गरेका थिए। केनले थ्री लायन्सका लागि ४० भन्दा बढी गोल गरेका ६ इङिलस खेलाडीको सामूहिक नेतृत्व गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .