जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ।
पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जनाको नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए।
यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन्। पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ। रासस
मंसिर २५, २०७९, आइतबार
प्रतिक्रिया