ad ad

खेल


सकियो ५६ वर्षपछि महत्वपूर्ण उपाधि जित्ने इंग्ल्यान्डको सपना

सकियो ५६ वर्षपछि महत्वपूर्ण उपाधि जित्ने इंग्ल्यान्डको सपना

नेपालखबर
मंसिर २५, २०७९ आइतबार २:५२, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्याण्ड फ्रान्ससँग २–१ गोल अन्तरले पराजित भएको छ।

यससँगै इंग्ल्याण्डले ५६ वर्षपछि उपाधि जित्ने सपना सकिएको छ।

सन् १९६६ यता फुटबलको कुनै पनि महत्वपूर्ण उपाधि जित्न सकेको छैन। गत विश्वकपको सेमिफाइनलसम्म पुगेको भए पनि यसपटक भने इंग्ल्याण्ड क्वार्टरफाइनलबाटै बाहिरिएको हो।  खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गर्न सकेनन्।

यससँगै इंग्ल्याण्डले खेलमा दोस्रोपटक बराबरी गर्ने मौका गुमाएको थियो। खेलमा थप गोल हुन नसकेसँगै  इंग्ल्याण्डको कतार विश्वकपको यात्रा टुङ्गिएको हो। 

इंग्ल्याण्ड गत विश्वकपको सेमिफाइनलपछि सन् २०२० मा युरोकपको फाइनलसम्म नै पुग्न सफल रह्यो यद्यपि फाइनलमा भने इंग्ल्याण्ड पेनाल्टीमा पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .